दफा
इजाजतपत्र लिनु पर्ने

देहायका कुनै कार्य गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ :–

(क) हातहतियार वा खरखजाना बनाउन वा मर्मत गर्न,

(ख) हातहतियार वा खरखजानाको निकासी वा पैठारी गर्न,

(ग) हातहतियार वा खरखजाना राख्न वा लिएर हिँड्न ।